समाचारशुक्रबार, आश्विन ५, २०६९
वर्तमान सरकारको नेतृत्वमा निर्वाचनमा जान नसकिने काँग्रेसको ठहर
बैठकले नेपाली काँग्रेसको नेतृत्वमा निर्वाचनका लागि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निक्र्याैल गर्दै यसका लागि दलहरूबीचको संवाद कार्यलाई निरन्तर अगाडि बढाउने निचोड समेत निकालेको छ ।
एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेसहितको मधेसी मोर्चाको गत बुधबार बसेको बैठकले संविधानसभा पुनःस्थापनाभन्दा नयाँ निर्वाचनमा जाने सहमति गरेका थिए ।
बैठकपछि काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ निर्वाचनका लागि संविधान संशोधन गर्न आवश्यक रहेको बताए । उनले अबको नयाँ सरकारको नेतृत्व नेकाँले पाउनुपर्ने भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिए ।
नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारको नेतृत्वमा नयाँ निर्वाचनमा जान नसकिने बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।
