समाचारआइतबार, साउन ४, २०७१

लेखा समितिले एन्फासँग हिसाब माग्यो

हिमालखबर

सार्वजनिक लेखा समितिले विगत पाँच वर्षको लेखापरीक्षणको कागजात तीन दिनभित्र पेश गर्न एन्फालाई निर्देशन दिएको छ । समितिको ४ साउनमा बसेको बैठकले सङ्घका अध्यक्ष गणेश थापालाई सबै कागजातसहित तोकिएको सयमसीमाभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

खेलाडीको वृत्ति विकासका लागि कतारले उपलब्ध गराएको एक लाख अमेरिकी डलर अनियमितता भएको र व्यक्तिगत प्रयोजनका लागि खर्च भएको भन्ने गुनासो आम रुपमा आएपछि लेखा समितिले छानबीन थालेको हो ।

कतारका फुटबल अधिकारी मोहम्मद विन हमामले पठाएको रकम थापाका छोरा सौरभ थापाको खातामा आएको र सो रकममा व्यापक अनियमितता भएको भन्दै सङ्घका उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीले लेखा समितिमा निवेदन दिएका थिए ।

समितिका सदस्य धनराज गुरुङले एन्फाभित्रको भएको अनियमितताको व्यापक छानबीन गर्ने बताए । उनले भने, “हामीले पाँच वर्षको सम्पूर्ण कागजात र हिसाब किताब मागेका छौँ, अनियमितता भएको भन्ने सन्दर्भमा व्यापक छानबीन हुन्छ ।”

यो पनि पढ्नुहोस् हमामसँग बिजनेश साझेदारी थियोः थापा

उता, एन्फा अध्यक्ष गणेश थापाले भने हमामले उपलब्ध गराएको रकम व्यापार–व्यवसायका लागि उपलब्ध गराएको दलील पेस गर्दै आएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>