समाचारआइतबार, साउन ४, २०७१

मलेशियन विमान दुर्घटना प्रकरणः १९६ शव भेटिए

हिमालखबर

तस्वीर: एएफपी

पूर्वी युक्रेनमा विद्रोही नियन्त्रित क्षेत्रमा बिहीबार ‘मिसाइल आक्रमणमा’ परी मलेशियन विमान एमएच–१७ दुर्घटना हुँदा विमानमा रहेका सबै २९८ जनाको ज्यान गएको थियो ।

पश्चिमी देशहरुले घटनास्थलमा छानविन टोलीको पहुँच सीमित गरेको भन्दै आलोचना गरेका छन् भने रुसलाई विद्रोहीमाथि दबाब दिन आग्रह गरेका छन् ।

अमेरिकी गृहमन्त्रालयले विद्रोहीहरुले घटनास्थलबाट शवहरु हटाएको र प्रमाणहरु नष्ट गरेको रिपोर्ट आफूलाई प्राप्त भएको दाबी गरेको छ ।

अहिलेसम्म बरामद भएका शवहरु विद्रोही नियन्त्रित शहर तोरेजमा लगिएको बीबीसीले जनाएको छ ।

मलेशिया एयरलाइन्सले जारी गरेको विज्ञप्तिका अनुसार विमानमा नेदरल्याण्ड्सका १९४, मलेशियाका ४३, अष्ट्रेलियाका २७, इण्डोनेशियाका १२, बेलायतका १०, जर्मनीका ४, बेल्जियमका ४, फिलिपिन्सका ३, क्यानाडाका १ र न्युजिल्याण्डका १ नागरिक सवार थिए ।

विमान मिसाइल आक्रमणबाट ध्वस्त पारिएको भनिए पनि मिसाइल आक्रमण कस्ले गर्‍यो भन्ने पुष्टि भइसकेको छैन । युक्रेनका विद्रोही र युक्रेनी सरकारले एक अर्कामाथि मिसाइल प्रहारको आरोप लगाउँदै आएका छन् ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट र जर्मनीकी चान्सलर एगेला मार्केलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेर दुर्घटनासम्बन्धी छानबिनका लागि सहयोग गर्न आग्रह गरिसकेका छन् ।

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरन र अष्ट्रेलियका प्रधानमन्त्री टोनी एब्बटले घटनाको छानबिन स्वतन्त्रत र निष्पक्ष बनाउनका लागि संयुक्त राष्ट्रसँघसँग आग्रह गरेका छन् ।

युक्रेनी पृथकतावादी विद्रोहीहरुलाई रुसको समर्थन रहेको भनिएकाले पनि पश्चिमा देशहरुले रुसमाथि दबाब दिइरहेका छन् ।
रुसले भने पश्चिमी देशहरुले आफ्ना विरुद्ध मिडियामा लडाई गरेको आरोप लगाएको छ । उसले घटनाबारेमा युक्रेनको भूमिकाको पनि जाँच गरिनुपर्ने माग गरेको छ ।
एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>