थप समाचारसोमबार, साउन ५, २०७१

बाढीका कारण चार सय परिवार विस्थापित

हिमालखबर

चार दिनदेखिको अविरल वर्षाले गर्दा महाकाली, जोगबुढा र दोदा नदीको बाढीले डुबानमा परी चार सय भन्दा बढी परिवार विस्थापनमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार महाकाली नदी र जोगबुढा नदीको बाढीका कारण दोधारा–८ र ९ का १५० परिवार विस्थापनमा परेका छन् ।

विस्थापित परिवारलाई अम्बिका उच्चमाध्यमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । भीमदत्तनगरपालिका–१० श्रीलङ्का टोलका बाढीको डुबानमा परेका ५० परिवारको उद्धार गरी महाकाली निमावि तुम्डानीमा बस्ने व्यवस्था मिलाएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।

यस्तै, भीमदत्तनगरपालिका–१२ विष्णुटोलका १५० जनालाई पूर्ण उच्चमावि ऐरी र सोही ठाउँका १४० जनाको उद्धार गरी भागरथी प्रावि ऐरीमा बस्ने व्यवस्था मिलाइएको छ । दोदा नदीको बाढीको डुबानका कारण बेलौरी नगरपालिका–७ उदयपुरका ७० परिवार विस्थापित भई नजिकैको सामुदायिक वनमा बसेका छन् ।

वर्षा र नदीको बाढीको पानीका कारण भीमदत्तनगरपालिका–४, ५, ६, ७, ९, १०, ११, १२, १५, १८ र १९ सुडाको झजपुर, दैजीको सार्किटोल र लक्ष्मीपुरको कुण्डका गरी ६०० भन्दा बढी घर डुबानमा परेको प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>