समाचारसोमबार, साउन ५, २०७१
उपचारका लागि ओली बैंकक जाँदै

पार्टी कार्यालय बल्खुमा १ साउन दिउँसो आयोजित नवौं महाधिवेशन समापन समारोहमा सहभागी हुँदै अध्यक्ष केपी शर्मा ओली । तस्वीरः देबकी बिष्ट
पछिल्लोपटक बैंककमा उपचार गराएर फर्किएका एमाले अध्यक्ष ओली फलोअपका लागि एक–दुई दिनभित्रै बैंकक जाने भएका हुन् । “फलोअपका लागि भोली या पर्सी बैंकक जाने तयारी भइरहेको छ,” ओलीका स्वकीय सचिव इन्द्र भण्डारीले हिमालखबरसँग भने ।
ओलीलाई बैंककमा उपचार गराएका चिकित्सकसँग सम्पर्क भइरहेको भण्डारीले जानकारी दिए । चिकित्सकसँगको सल्लाहअनुसार कुन अस्पताल र कति दिन बस्ने भन्ने टुंगो लाग्ने उनले बताए ।
यसअघि ओलीको बैंककस्थित बुमरुमगार्ड अस्पतालमा उपचार भएको थियो । लामो समय बैंककमा उपचार गराएर फर्किएपछि ओली नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
राजधानीमा दुई साता लामो चलेको महाधिवेशनको दौडधुपले गलेका ओलीलाई अहिले रुघाले सताएको छ । यो पनि पढ्नुहोस् ।
