समाचारसोमबार, साउन ५, २०७१
मोदी आउनुअघि नै विद्युत् व्यापार सम्झौताः उर्जामन्त्री
उर्जामन्त्री ज्ञवालीले प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्किएपछि विद्युत् व्यापार सम्झौता हुने बताएका हुन् । रिपोर्टर्स क्लबले ५ साउनमा गरेको कार्यक्रममा उनले नेपालमा उर्जाको विकास नहुन्जेलसम्म अन्य विकास हुनै नसक्ने बताइन् ।
ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको बेलामै महाकाली सम्झौताअन्र्तगतको पञ्चेश्वर परियोजना कार्यान्वयनको विषयमा समेत हस्ताक्षर हुने स्पष्ट पारिन् । उनले भनिन्, “नेपालको विकासको मेरुदण्ड उर्जाको विकास हो, यो नभई नेपालको विकास हुन सक्दनै, त्यसैले उर्जामा अब राजनीति गर्नु हुँदैन ।”
भारतले पठाएको सम्झौताको मस्यौदा नेपालको लागि सकारात्मक विषय भएको भन्दै उनले आपत्तिजनक केही पनि नभएको दावी गरिन् । उनले नेपालको राष्ट्रिय हित हेरेर सम्झौता गर्नुपर्नेमा जोड दिइन् ।

