थप समाचारमंगलबार, साउन ६, २०७१

केपी ओली सिंगापुर प्रस्थान

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ६ साउनमा थाइल्याण्ड हुँदै सिंगापुर प्रस्थान गरेका छन् । पत्नी राधिका शाक्य र सहयोगी राजेश बज्राचार्यका साथमा स्वास्थ्य उपचारका लागि ओली सिंगापुर गएका हुन् ।

एमाले केन्द्रीय सदस्य  राजन भट्टराई अनुसार  सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा  ओलीको उपचार हुनेछ । सो अस्पतालका चिकित्सकले ७ साउनका लागि समय दिएकाले हतारहतार भ्रमणको कार्यक्रम तय गरिएको उनले जानकारी दिए  ।

उपचारका लागि करिब एक साता लाग्ने अनुमान गरिएको छ । सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले ओली थप उपचार गराउन गएका हुन् ।

ओलीलाई विदाइ गर्न उर्जामन्त्री राधा ज्ञवाली, उद्योगमन्त्री कर्णबहादुर थापा, युवा संघका अध्यक्ष महेश बस्नेत लगायतका नेता विमानस्थल पुगेका थिए ।

यो समेत ओली पछिल्लो ६ महिनामा तेस्रो पटक उपचारका लागि विदेश गएका हुन् ।

पार्टीको जिम्मेवारी गौतमलाई

अध्यक्ष ओलीले आफ्नो कार्यभार उपाध्यक्ष वामदेव गौतमलाई दिएका छन् ।

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको मर्यादाक्रम तोक्ने विषयमा यही  २५ साउनमा बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्णय गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>