समाचारशुक्रबार, आश्विन ५, २०६९

तत्काल निर्वाचन हुँदैनः बिजुक्छे

रासस

भक्तपुर ट्रक व्यवसायी सङ्घको तेह्रौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनको ५ असोजमा उद्घाटन गर्दै विजुक्छेले निर्वाचन आयोगमा रिक्तपद र अन्य संवैधानिक निकायमा पदाधिकारी रिक्त रहेको अवस्थामा तत्काल निर्वाचन हुन नसक्ने बताएका हुन । बिजुक्छेले भने, ‘दलहरुबीच निर्वाचनको घोषणा गर्न अझै एक महिना लाग्ने नयाँ सरकार परिवर्तन गर्न अर्को एक महिना लाग्ने र सरकार गठन भएपछि पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन अर्को एक महिना लाग्ने भएकाले निर्वाचन तत्काल हुन सक्छ भन्नेमा विश्वास गर्न सकिदैन ।’

अहिले निर्वाचनअघि तटस्थ सरकारको कुरा उठेको चर्चा गर्दै विजुक्छेले आफ्नो सरकार बनाएर निर्वाचन गराउने दाउमा रहेका ठूला दलहरु नै यसको विपक्षमा जाने बताए ।

सङ्घका संस्थापक अध्यक्ष विश्वराम क्वाँले सबैले ट्राफिक नियमको पालना गरे समस्या नआउने बताए । सङ्घका अध्यक्ष नवीन प्रजापतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरीय प्रहरी परिसरका नायब उपरीक्षक पुष्कर केसीले भक्तपुरमा छ लेन सडक निर्माण भएपछि एक हजार ३५ वटा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको ७० जना गम्भीर घाइते भएको र एकहजार २१५ जना सामान्य घाइते भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>