समाचारमंगलबार, साउन ६, २०७१

अन्सारीको हत्यामा सहयोग गर्ने तेली पक्राउ

हिमालखबर

नारायणी अञ्चल प्रहरी कार्यालय वीरगञ्जबाट खटिएको टोलीले आलमको हत्यामा सघाएको आरोपमा पर्साको सम्भौता– ५ निवासी २७ वर्षीय महमुद मिया तेलीलाइ एक दिनअघि पक्राउ गरी ६ साउनमा सार्वजनिक गरेको छ । तेलीलाई पर्साकै मुडलीबाट पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले बताए ।

तेलीले आलमको हत्यामा संलग्न रहेका बीपिन यादव भनिने महम्मद अहद र रवी पाण्डे भनिने मनोज पाण्डेलाई सघाएकोे प्रहरीले जनाएको छ ।

आलमको हत्याका लागि तेलीले अभियुक्तहरुलाई बीआर ०६३५१७ नम्बरको मोटरसाइकल र हतियार उपलब्ध गराएको प्रहरी वरिष्ठ उपरीक्षक खनालले जानकारी दिए ।

आलमको गत १७ पुसमा गोली हानी हत्या भएको थियो ।

आलमको हत्या गर्ने भारतीय नागरिक अहद र पाण्डेलाई प्रहरीले हत्या भएकै दिन वाराको फत्तेपुरबाट पक्राउ गरेको थियो ।
तेलीलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा जिम्मा लगाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>