समाचारशनिबार, आश्विन ६, २०६९
चुनावले मुलुकलाई दुर्घटनामा लैजान्छः भुसाल
रूपन्देही/नवलपरासी-काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चले ६ असोजमा आयोजना गरेको कार्यक्रममा भुसालले पुनः निर्वाचनका नाममा बनेको सिन्डिकेट देशका लागि घातक हुने दाबी गरिन् । जनतालाई अधिकार सम्पन्न बनाउन नचाहने राजनीतिक दलका कारण संविधानसभा विघटन गरिएको र अहिले फेरी चुनाव गर्दा कसैलाई फाइदा नहुने उनको भनाई थियो ।
कार्यक्रममा भुसालले सर्वपक्षीय छलफलबाट मात्र निकास निस्कने बताइन् । एनेकपा माओवादीले राष्ट्र, जनता र राष्ट्रियतालाई भन्दा आफ्नो स्वार्थलाई पहिलो मुद्दा बनाएर कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैको अधिकार प्रयोग गरेको धारणा राखिन् ।
