थप समाचारबुधबार, साउन ७, २०७१

बसमा ढुङ्गा खस्दा वृद्धको मृत्यु

हिमालखबर

तानसेनबाट बुटबलतर्फ जाँदै गरेको लु १ ख ७४४६ नम्बरको यात्रुबाहक बसमा माथिबाट ढुङ्गा खस्दा बसमा सवार पाल्पा छहरा–२ का गव्रेरसिंह दर्जी घाइते बनेका थिए । घाइते दर्जीलाई उपचारका लागि तानसेन ल्याइँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो ।

पहरोबाट खसेको ढुंगा बसभित्र छिर्दा दर्जीको टाउकोमा चोट लागेको थियो ।  उनी काठमाडौँ जान हिँडेको उनका आफन्त पाण्डव शाहीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>