समाचारबुधबार, साउन ७, २०७१
विद्युत् व्यापार सम्झौता राष्ट्रकै हितमा: उर्जामन्त्री
उर्जामन्त्री ज्ञवालीले मुलुकको समृद्धिका लागि ‘नेपाल–भारत विद्युत् व्यापार सम्झौता’ गर्न लागिएको बताएकी छन् । संवाद क्लब नेपालले ७ साउनमा गरेको कार्यक्रममा उनले राष्ट्रको हित र ऊर्जा विकासका लागि भारतसँग विद्युत् व्यापार सम्झौता गर्न लागेको दावी गरिन् ।
राष्ट्रिय हितका लागि ‘नेपाल–भारत विद्युत् व्यापार सम्झौता’ जरुरी रहेकोमा उनले जोड दिइन् । उनले भनिन्, “विद्युत् व्यापार सम्झौता गरेर राष्ट्रघात गर्न लागेको हैन, मुलुकको विकासका लागि हो, ऊर्जा मन्त्रालयले एक्लै सम्झौता गर्दैन, मन्त्रिपरिषदको बैठकले निर्णय गरेपछि मात्रै सम्झौता हुन्छ ।”
उनले भारतमा मात्र नभएर बङ्गलादेश, श्रीलङ्का, चीनलगायतका राष्ट्रहरूसँग विद्युत् व्यापार सम्झौता गर्नुपर्ने आवश्यकता भएको र त्यसका लागि सबै पार्टीबीच छलफल भएर सहमति भएपछि मात्र विद्युत् सम्झौता गर्ने विषयमा निर्णय गर्ने बताइन् ।
रासस
