समाचारबिहीबार, साउन ८, २०७१

बलात्कारसम्बन्धी मुद्दामा जाहेरीवालालाई एक महिना जेल

हिमालखबर

जिल्ला अदालत भक्तपुरले बलात्कारसम्बन्धी मुद्दामा जाहेरी दिने एक महिलालाई झुटो जाहेरी दिएको भन्दै १ महिना जेल, रु १ हजार जरिवाना र रु ५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

ती महिलाले भक्तपुर सूर्यविनायक बस्ने एक बालिकालाई बलात्कार गरेको आरोप लगाउँदै सुनिलकुमार सोनीविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । किटानी जाहेरीपछि प्रहरीले सोनीलाई बलात्कार अभियोगमा मुद्दा चलाएको थियो ।

महिलाले अदालतमा बकपत्र गर्ने क्रममा सोनीले बलात्कार गरेको आफूले नदेखेको र बालिकाले पनि नभनेको बयान दिएपछि न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८ ‘क’ बमोजिम प्रतिवादीलाई झुटो जाहेरी दिएको अभियोगमा सजाय गरेको अदालतका स्रेष्तेदार खड्ग अधिकारीले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>