थप समाचारबिहीबार, साउन ८, २०७१

विषादी सेवनबाट बालबालिकाको मृत्यु

हिमालखबर

घरमा एक्लै भएको बेला गेडागुडीमा हाल्ने विषादी खाएर बैतडीको महाकाली–८, पुडिलका पाँच वर्षीय पङ्कज साउद र उनकै दुई वर्षीया बहिनी कलावतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभिभावकहरु खेतमा काम गर्न गएका बेला विषादी खाएर बेहोस भएका उनीहरुलाई उपचारका लागि स्थानीय महाकाली उपस्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक अनिल उप्रेतीले जानकारी दिए ।

७ साउन साँझ उक्त घटना भए पनि सदरमुकामबाट दुई दिनको दूरीमा रहेको महाकालीमा फोनको सुविधा नभएको र प्रहरीसँग समेत सम्पर्क हुन नसकेका कारण अर्को दिनमात्र उक्त घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

हत्यापछि आत्महत्या
यसैबीच, बैतडीको कटौजपानीमा ६ साउन राति एक व्यक्तिले आफ्नी सात वर्षकी भतिजीलाई ढुङ्गामा पछारेर हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

कटौजपानी–४, कालागाउँका २२ वर्षीय अने लुहारले भतिजी पुष्पा लुहारलाई ढुङ्गामा पछारेर हत्या गरेपछि घरभन्दा पाँच सय मिटर टाढा रुखमा झुण्डिएर अनेले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>