समाचारआइतबार, आश्विन ७, २०६९

घुन्सा दुर्घटनाको ६ वर्ष पूरा, संझनामा श्रद्धाञ्जली

हिमालखबर

दुर्घटनामा तात्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, राईकी श्रीमति मीना राई, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदारप्रसाद पौडेल, भूगोलवीद् डा.हर्क गुरुङ, वन विभागका महानिर्देशक शरद राई, डब्लुडब्लुएफका नेपाल प्रतिनिधि चन्द्र गुरुङ, संरक्षणविद् डा. तिर्थमान मास्के लगायत  संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथ विदेशी गरी २४ जनाको निधन भएको थियो ।
विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला बाक्लो हुस्सुमा परी हेलिकोप्टर दुर्घटना भएको थियो । घुन्सा ताप्लेजुङ सदरमुकामदेखि अढाइ दिनको पैदल दुरिमा पर्छ ।

दुर्घटना भएको दिनको स्मरणमा ७ असोजमा ताप्लेजुङको घुन्सामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ भने देश तथा विदेशमा विभिन्न स्थानमा सम्झनास्वरुप सरोकारवालाहरुले विभिन्न कार्यक्रम गरिरहेका छन् ।

सरकारले घटना लगत्तै पुनरावेदन अदालत पाटनका तात्कालिन मुख्य न्यायधिस जनकेशरीराज पण्डितको संयोजकत्वमा घटना बारे अध्ययन गर्न गठित कार्यदलले प्राकृतिक अवस्थाकै कारण दुर्घटना भएको प्रतिवेदन बाहिर ल्याए पनि स्थानीयबासिन्दा र सरकोरवाला अन्य पक्ष भने गहिरो अध्ययन नभएको बताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>