थप समाचारबिहीबार, साउन ८, २०७१
घुस लिँदालिँदै असई पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षकलाई रु. १ लाख ५० हजार घुस लिँदालिदै बुटवलको एक होटलबाट ८ साउनमा पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार दुई व्यक्तिबीच भएको ऋण लेनदेनको कारोवारमा ऋणी फरार भएपछि पीडितले उक्त कारोवारमा जिम्मा जमानी बसेका व्यक्तिमाथि कानूनबमोजिम कारवाही गर्न अख्तियारमा उजुरी गरेका थिए । उजुरीको क्रममा पक्राउ परेका व्यक्तिका तर्फबाट पौडेलले उक्त रकम लिएका हुन् ।
अभियुक्त पौडेललाई आयोगको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको पनि प्रवक्ता सापकोटाले बताए ।
रासस

