समाचारशुक्रबार, साउन ९, २०७१
भारतसँग विद्युत उत्पादन सम्झौता हुँदैनः उपप्रधानमन्त्री गौतम
क्षेत्रीय सुरक्षा बैठकमा भाग लिन ९ साउनमा काभ्रेको धुलिखेल आएका उपप्रधानमन्त्री गौतमले जलस्रोतको विकासका लागि नेपालका लागि नेपाल आफै सक्षम रहेको दाबी गर्दै विद्युत उत्पादनका लागि भारतसँग सम्झौत गर्नु जरुरी नभएको बताएका छन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला विद्युत् व्यापार सम्झौता भने हुनसक्ने बताए । त्यस्तै उपप्रधानमन्त्री गौतमले मंसीरसम्ममा स्थानीय चुनाव गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।
उनले सरकार गठनका बेला भएको सहमति पालना गर्न कांग्रेसलाई आग्रह गर्दै पूर्व सहमति अनुसार राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउनु पर्नेमा जोड दिएका थिए ।
