समाचारशुक्रबार, साउन ९, २०७१

बझाङका रौले १० किलो सुनसहित धनुषामा पक्राउ

हिमालखबर


जिल्ला प्रहरी कार्यालय धनुषाको बिशेष टोलिले काठमाडौंबाट धरान जाँदै गरेकोे ना ४ ख ६०९८ नम्बरको बसबाट बझाङ मेलबिसौना– १ का खम्वीर रौलेलाई १० किलो सुनसहित पक्राउ गरेको छ ।

धरान जाँदै गरेको बसलाई धनुषाको पोर्ताहामा रोकी खानतलासी गर्दा १० किलो सुनसहित बझाङका खम्वीर रौले पक्राउ परेको प्रहरी उपरिक्षक उत्तमकुमार सुवेदीले जानकारी दिए ।

प्रहरीले रौलेसँग सोधपुछ भईरहेको र थप विवरण अनुसन्धानपछि उपलब्ध गराउने जनाएको छ ।

अवैध सुन बोकेर रौले धरानतर्फ जाँदै गरेको भन्ने सुराकीको सूचनाका आधारमा अपरान्ह १२ बजेदेखि नै पोतार्हामा कुरेको प्रहरीको टोलिले अपरान्ह ४ बजेमात्रै सुनसहित रौलेलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>