समाचारशुक्रबार, साउन ९, २०७१

भारतीय विदेशमन्त्री नेपालमा

हिमालखबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्व तयारी र नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा सहभागी हुन विदेशमन्त्री स्वराज नेपाल आइपुगेकी हुन् । ९ साउन बिहान बसेका मन्त्रिपरिषद बैठकले संयुक्त आयोगको बैठकमा एजेण्डा तय गरिसकेका छन् ।

बैठकमा राजनीति, सुरक्षा र सीमा व्यवस्थापन, आर्थिक सहयोग, पूर्वाधार विकास एवम् पारवहन, उर्जा तथा जलस्रोत लगायतको विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

१० साउन बिहानैदेखि विदेशमन्त्री स्वराज राजनीतिक भेटवार्तामा व्यस्त हुनेछिन् भने कार्यालय समय प्रारम्भ हुने समयतिर आयोगको बैठकमा सहभागी हुने कार्यक्रम छ । उनले १० साउनमै राष्ट्रपति डा. रामवरण यादवसँग राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटेर प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्न सरकारी निवास बालुवाटार पुग्नेछिन् ।

११ साउन बिहान पशुपतिको दर्शन गरी उनी स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>