समाचारशनिबार, साउन १०, २०७१
राप्रपा संसदीय दलको नेतामा बोहोरा निर्विरोध
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनका क्रममा अन्य कसैले उम्मेदवारी नदिएपछि दीपक बोहरा निर्विरोध चयन भएका छन् ।
त्यस्तै संसदीय दलको उपनेतामा विक्रम पाण्डे निर्विरोध चयन भएका छन् ।
१३ जना सभासद् रहेको राप्रपा नेपालको नेता चयनका लागि भएको निर्वाचनका बेला पूर्व अध्यक्ष सूर्यबहादुर थापा र उनका छोरा एवम् वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा उपस्थित थिएनन् ।
यसअघि सूर्यबहादुर थापा संसदीय दलको नेता बन्ने चर्चा थियो ।
