समाचारशनिबार, साउन १०, २०७१

गिरिजाप्रसाद कोइरालाका छोराको निधन

हिमालखबर

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका छोरा सुरेश कोइरालाको १० साउन बिहान साढे ९ बजे एक्कासी मुखबाट रगत बगेपछि अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको ओम अस्पतालले जनाएको छ।

मुद्रण पेशामा संलग्न ६८ वर्षीय कोइराला बिहान परिवारसँग बसेर चिया पिउनेक्रममा मुखबाट रगत निस्कन थालेपछि तत्कालै अस्पताल लगिएको पारिवारिक स्रोतले बताएको छ।

गिरिजाप्रसाद कोइरालाकी पत्नी सुष्मा कोइरालाका पूर्व पतितर्फका छोरा सुरेश गिरिजाप्रसादकै लालन पालनमा हुर्केका थिए भने उनलाई कोइरालाले आफ्नै नामबाट नागरिकतासमेत दिएका थिए।

उनको १० साउनमा नै पशुपति आर्यघाटमा अन्तिमा संस्कार गरिने परिवार स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>