समाचारआइतबार, आश्विन ७, २०६९
निर्वाचन आयोगमा ९३ दल दर्ता
निर्वाचन शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रमका लागि पाल्पा आएका आयुक्त गुरुङले ७ असोजमा तानसेनमा पत्रकारहरुसंग कुराकानी गर्दै यस्तो धारणा राखेका हुन । उनले आगामी निर्वाचनमा आयोग सबै निर्वाचन क्षेत्रमा विद्युतीय मेशिनबाट मतदान गर्ने तैयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
आयुक्त गुरुङका अनुसार १ करोड १० लाख जनाले मतदाता परिचयपत्र फर्म भरेका छन् । विदेशमा गएका वाहेक करीब १५ लाखले अझै फर्म भरेका छैनन् । आयोगमा हाल सम्म ९३ वटा दल दर्ता भईसकेको बताउदै आयुक्त गुरुङले चुनावमा हुने आम्दानी खर्च पारदर्शी रुपमा राख्नको लागी १९ असोजमा दलहरुको लागि लेखा तालिम दिइने जानकारी दिए ।
पाल्पामा लुम्विनी अंचलका ६ र स्याङजा गरी ७ जिल्लाका जिल्ला निर्वाचन आयुक्त सहभागी छन् । प्रशिक्षण १० असोजसम्म चल्नेछ ।
देब पचभैया, पाल्पा
