समाचारसोमबार, साउन १२, २०७१
ओली फर्केपछि सभासद मनोनयनः गौतम
गृहमन्त्री गौतमले १२ साउनमा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग अब एक हप्ताभित्र मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासद मनोनयनको काम पूर्ण हुने बताएका हुन् । एमाले उपाध्यक्ष समेत रहेका उनले विधिको शासनबाट सरकार सञ्चालन भइरहेको दावी गर्दै कांग्रेससँग भएको सातबुँदे सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको उल्लेख गरे ।
सरकार गठन हुनुपूर्व एमाले र काँग्रेसबीच भएकोे सहमति कार्यान्वयनप्रति कांग्रेस गम्भीर रहेको बताउँदै उनले नयाँ संविधान जारी हुनु अगावै राष्ट्रपति तथा उपराष्ट्रपति अनुमोदन हुने विश्वास व्यक्त गरे ।
उनले आगामी ६ महिनाभित्र सहमतिको आधारमा सबैलाई मान्य हुने गरी सङ्घीय गणतान्त्रिक संविधान आउने बताए ।
रासस
