थप समाचारमंगलबार, साउन १३, २०७१
भारतबाट चोरी भएको सुनका गहनासहित एक पक्राउ
बझाङको जयपृथ्वी नगरपालिका– ५ का नवराज जोशीलाई प्रहरीले १४ तोला सुन, ८ तोला चाँदीका गहना र नगद ६ लाख ५ हजारसहित पक्राउ गरेको छ ।
भारतको बंग्लोरका सुर्दशन शर्माको घरवाट नवराज जोशी, हरि जोशी, माधव जोशी, पदम थापा र लोकेश थापाले करिब ५ केजी सुन र ६० लाख नगद चोरेर भागेकोमा नवराजको घरबाट उक्त परिमाणको सुन बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरी बरामद भएको नगद पनि नवराजले चोरीकै सुन बेचेर ल्याएको प्रहरीको भनाई छ ।
उनीहरु सबै बंग्लोरमा रोजगार गर्दै आएका थिए ।
प्रहरीका अनुसार बझाङ आएका नवराजको घरवाट सुन बरामद भएको र अन्य व्यक्तिहरुलाई भने बग्ंलोरमै भारतीय प्रहरीले पक्राउ गरेको छ ।
बरामद भएका गरगहना प्रहरी प्रधान कार्यालय ईन्टरपोल महाशाखा मार्फत धनी सुदर्शन शर्मालाई बुझाउने प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले वताए ।
बसन्तप्रताप सिंह, बझाङ

