समाचारबुधबार, साउन १४, २०७१
संस्कृत विश्वविद्यालयमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर सम्पर्क कार्यालय बाँकेले १४ साउन दिउँसो नेपाल संस्कृत विश्वविद्यालयको दाङ्स्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ । आर्थिक अनियमितताको उजुरी र सूचनाका आधारमा विश्वविद्यालयमा छापा मारेको अख्तियारका अनुसन्धान अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।
खत्रीका अनुसार विश्वविद्यालयको निर्णय, बिल–भर्पाई लगायत सम्पूर्ण कागजात अख्तियारले नियन्त्रणमा लिएको छ ।
अनुसन्धान अधिकृत खत्री नेतृत्वको टोली दिउँसो दाङ बेलझुण्डीस्थित विश्वविद्यालयको कार्यालयमा पुगेको थियो ।
–तुफान न्यौपाने, दाङ
