समाचारबुधबार, साउन १४, २०७१

अधिकारी दम्पतीको स्वास्थ्यबारे जानकारी गराउन निर्देशन

हिमालखबर

फाइल तस्वीर

१४ साउनमा बसेको संसद बैठकमा सभासद्हरुले आफ्ना छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनशन बसेका गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीको स्वास्थ्यबारे  ध्यानाकर्षण गराएपछि उनीहरुको स्वास्थ्य स्थितिबारे संसदलाई जानकारी गराउन सभामुख सुवास नेम्वाङले सरकारलाई निर्देशन दिएका छन् ।

नेम्वाङले अधिकारी दम्पतीलाई नियमित स्वास्थ्य उपचार गर्न र त्यसबारे संसद्लाई जानकारी गराउन समेत सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

करिब ९ महिनादेखि वीर अस्पतालको शैयामा अनशनरत अधिकारी दम्पतीको स्वास्थ्य अवस्था नाजुक रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>