समाचारबिहीबार, साउन १५, २०७१
मोदी भ्रमणको तयारीमा प्रधानमन्त्री कोइराला ब्यस्त
प्रधानमन्त्री निवास बालुवाटारमा १५ साउन विहान भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री कोइराला, अर्थमन्त्री डा. रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीको भ्रमणको तयारी र नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका समझदारीबारे जानकारी गराएका छन् ।
भारतीय प्रधानमन्त्री मोदी १८ साउनमा दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन् ।
बैठकमा सहभागी दलका नेताहरूले मोदीको भ्रमणलाई दुवै देशको हितमा अधिकतम सदुपयोग गर्ने अवसरका रुपमा लिन आग्रह गरेका थिए ।
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले माथिल्लो कर्णाली जलविद्युत् परियोजना, मध्यपहाडी र हुलाकी राजमार्गलगायत ठूला आयोजनामा भारतीय सहयोग जुटाउन पहल गर्न सुझाव दिइएको बताए ।
रासस
