थप समाचारबिहीबार, साउन १५, २०७१
भारतसँग विद्युत् व्यापार सम्झौता गर्न सकिनेः एमाओवादी
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा १५ साउनमा बसेको स्थायी समिति र आमन्त्रित सदस्यहरुको संयुक्त बैठकले भारतसँग बजार मूल्यका आधारमा विद्युत व्यापार सम्झौतामात्रै गर्नुपर्ने निर्णय गरेको छ ।
सन् २०१० मा नेपाल सरकारले प्रस्ताव गरेको मस्यौदाका आधारमा विद्युत् व्यापार सम्झौता गर्न सरकारलाई आग्रह गर्ने निष्कर्ष बैठकले निकालेको एमाओवादी नेता लीलामणी पोखरेलले जानकारी दिए ।
भारतले नेपाल सरकारलाई विद्युत् विकास सम्झौता गर्ने भनेर पठाएको प्रस्ताव अनुसार भने सम्झौता गर्न नहुने एमाओवादीले ठहर गरेको पोखरेलले बताए ।
“नेपाली कांग्रेस र नेकपा एमालेले समेत व्यापार सम्झौता गर्न सहमति जनाएको अवस्थामा राष्ट्रिय आवश्यकता र चाहनालाई ख्याल गरेर मात्र प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिइयो,” बैठकपछि पोखरेलले भने ।
