समाचारबिहीबार, साउन १५, २०७१
घुस लिँदै गर्दा उपसचिवसहित ५ पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले १५ साउनमा शहरी भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयकाका उपसचिव सुरेशकृष्ण शर्मालाई अनामनगरस्थित कार्यालयमै रु. ५० हजार घुस लिँदै गर्दा पक्राउ गरेको छ ।
शर्मासँगै उक्त कार्यालयका लेखा अधिकृत यादवबहादुर तिमल्सिना र शाखा अधिकृत रोशनबहादुर कठायत पनि पक्राउ परेका छन् ।
त्यसैगरी अख्तियारले १५ साउनमै विशेष भौतिक पूर्वाधार तथा क्षेत्र विकास आयोजना बबरमहलका अधिकृत कोमानन्द अधिकारी र इन्जिनियर दीपा श्रेष्ठलाई पनि घुस सहित पक्राउ गरेको छ ।
अख्तियारले दुवैबाट ४०–४० हजार रुपैयाँ बरामद गरेको थियो ।
पक्राउ परेका सबैलाई अख्तियारले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
