थप समाचारबिहीबार, साउन १५, २०७१
गुल्मीमा बम फेला, बुटवलबाट डिस्पोजल टोली मगाइयो
रेसुङ्गा नगरपालिका–९ स्थित गोकर्ण भुजेलको बारीमा खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ । बम निष्क्रिय पार्न नेपाली सेनाको २२ नम्वर बाहिनी अड्डा बुटवलको डिस्पोजल टोली आउनुपर्ने भएकाले अहिले उक्त स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ ।
बम निष्क्रिय पार्नका लागि डिस्पोजल टोलीलाई खवर गरिसकेको गुरु गोरख गुल्म धागिथुमका सेनानी भिमशंकर बमले जानकारी दिएका छन् ।
भुजेलले बारीमा टमाटर खेतीका लागि खाड्ल बनाउने क्रममा सकेट बम देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी कार्यालय नजिकै रहेको बारीमा फेला परेको उक्त बम हिंसात्मक द्वन्द्वका बेला प्रहरीले राखेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक हरी हमालले बताए ।
उक्त स्थानमा अरु पनि बम भेटिन सक्ने अनुमान गर्दै स्थानीयले खोजविनका लागि आग्रह गरेका छन् ।
गगनशिला खड्का, गुल्मी
