समाचारसोमबार, आश्विन ८, २०६९

काँग्रेसको नेतृत्वमा चुनावी सरकार मान्य हुँदैन: दाहाल

हिमालखबर

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दबाब दिन पोखरा विमानस्थल अगाडि बसेका रिले अनसनकारीलाई ८ असोजमा सम्बोधन गर्दै सरकारको नेतृत्व भने जो सुकै पार्टीले पनि गर्नसक्ने उनले बताए ।

७ असोज बेलुका आरामका लागि भन्दै पोखरा पुगेका दाहालले दुई-चार दिनमा सबै राजनीतिक दलका बीचमा राष्ट्रिय सहमति बन्ने र देशले निकास पाउने दावी गरे ।

“पहिला चुनावी सरकारको नेतृत्व काँग्रेसले गर्ने सहमति भएको थियो तर, अहिले परिस्थिति फेरिएकाले दलहरुबीच घनिभूत छलफल भएपछि सरकारको नेतृत्व गर्ने पार्टीको निक्र्यौल हुनेछ,” दाहालले भने ।

अध्यक्ष दाहालले पोखरा विमानस्थल निर्माणमा देखिएका कानुनी जटिलता टुङ्ग्याउन मन्त्रिस्तरीय टोली चीन जान लागेको जानकारी दिए ।

पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिवसहित उच्चस्तरीय टोली छिटै चीन जान लागेको बताउँदै उनले टोलीमा विमानस्थल सरोकार समितिका सदस्यलाई पनि समावेश गरिन लागेकाले आन्दोलनको स्वरुप परिवर्तन गन आग्रह गरे ।

उनले आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाएका थिए ।  रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>