समाचारबिहीबार, साउन १५, २०७१
रिम्पोचेको अन्त्येष्टि गरियो (तस्वीरसहित)
हिमाली काग्यु सम्प्रदायका १४ औं अवतारी श्यामार्पा रिम्पोचेको हजारौं अनुयायीहरुको उपस्थितिमा १५ साउन साँझ अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिका अवसरमा देश–विदेशबाट आएका बौद्ध धर्मगुरु, अनुयायी, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति थियो ।
श्यामार्पा रिम्पोचेको पार्थिव शरीरमा भारतबाट आएका गुरु कर्मापा थिन्ले थायदोर्जीले अग्नी दिएका थिए ।
गत २८ जेठमा धार्मिक प्रवचनकाक्रममा उनको जर्मनीमा हृदयघातबाट निधन भएको थियो ।
श्यामार्पाको ‘मृत्युपछि नेपालमै अन्त्येष्टि गर्नु’ भन्ने चाहना र उनका अनुयायीहरुको दबाबपछि पार्थिब शरीर काठमाडौं ल्याएर अन्त्येष्ष्टि गर्न सरकारले अनुमति दिएको थियो ।
अन्त्येष्टिका बेला सञ्चारमन्त्री मिनेन्द्र रिजाल, विभिन्न मुलुकका राजदूत, भुटानका राजपरिवारका सदस्य, सभासद्हरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको समेत सहभागिता थियो ।
सबै तस्वीरहरु: रासस



