समाचारशुक्रबार, साउन १६, २०७१

भारतसँग अरुण तेस्रोका लागि प्रस्ताव गरिने

हिमालखबर

लामो समयदेखि भारतीय प्रवद्र्धक सतलज विद्युत् निगमले प्रक्रिया अगाडि बढाइरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माणलाई भारत सरकारको लगानीमा अघि बढाउन अनुरोध गर्न लागेको उर्जामन्त्री राधा ज्ञवालीले जानकारी दिइन् ।

ऊर्जा मन्त्रालयमा १५ साउनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राधा ज्ञवालीले सो आयोजनाको सम्बन्धमा ठोस प्रगति हुन नसके तमोर जलविद्युत् आयोजना अर्को वैकल्पिक परियोजना हुन सक्ने बताइन् ।

आयोजनाको क्षमताको सम्बन्धमा फरक–फरक तर्क र तथ्यहरू आइरहेको बेला अरुणको सम्बन्धमा सहमति नभए कूल २५२ मेगावाट क्षमताको तमोर निर्माणको लागि अनुरोध गरिने उनकोे भनाइ थियो ।

नेपाल विद्युत् प्राधिकरणले जलाशययुक्त आयोजनाको रूपमा अगाडि बढाइ तमोरबाट कूल ७६२ मेगावाट विद्युत् उत्पादन हुन सक्ने जनाउँदै आएको छ ।

अरुण तेस्रोको कूल क्षमता भने ४०२ मेगावाट रहेको छ । सो आयोजना लगानी बोर्डले अगाडि बढाइरहेको र परियोजना विकास सम्झौता(पिडिए)को चरणमा रहेको छ ।

मन्त्री ज्ञवालीले राजनीतिक दल र सरोकार भएका निकायहरूसँगको छलफलका आधारमा विद्युत् विकास सम्झौता(पिटिए) पनि गरिने बताइन् ।

“दलहरू विद्युत् खरिद सम्झौता गर्नुपर्नेमा एकमत देखिएका छन्, समानताका आधारमा दुई मुलुकको हितलाई ख्याल गरेर पिटिए गर्न पनि सहमत हुन्छन् र त्यसमा राष्ट्रिय सहमति जुट्छ भन्नेमा म विश्वस्त छु,” मन्त्री ज्ञवालीले भनिन् ।

उनले नेपाल–भारतबीच लामो समयदेखि चर्चाको केन्द्रमा रहेको पञ्चेश्वर आयोजनालाई पनि अगाडि बढाउन सहमति खोजिने उल्लेख गरिन् ।

“मन्त्रालयले विविध पाटा र पक्षलाई विचार गरेर प्रस्ताव तयार पारेको छ, राजनीतिक दलहरूबीचको सहमति र मन्त्रिपरिषद्ले गर्ने निर्णय नै अन्तिम हुन्छ,” मन्त्री ज्ञवालीको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>