समाचारशुक्रबार, साउन १६, २०७१

प्रधानमन्त्रीका कारण न्याम्समा पदाधिकारी नियुक्तिमा ढिलाइः स्वास्थ्य मन्त्री

हिमालखबर

स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले सिफारिश समितिले न्याम्समा उपकुलपतिका लागि तोकिएकै समयभित्र नाम सिफारिश गरे पनि प्रधानमन्त्री सुशील कोइरालाले अनुमोदन नगर्दा ढिलाइ भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लबले १६ साउनमा गरेको कार्यक्रममा उनले भने, “सिफारिश समितिमा म सहकुलपतिको हैसियतले पदेन सदस्य र प्रधानमन्त्रीले तोकेका दुई जना सदस्य सहितको समितिले गरेको सिफारिशलाई अनुमोदन नगर्दा म आश्चर्यमा परेको छु ।”

तर, उनले प्रधानमन्त्रीले समितिको सिफारिश किन अनुमोदन नगरेको हो भन्नेमा आफू अनभिज्ञ रहेको बताए । उनले उपकुलपती नियुक्तीमा ढिलाइ हुँदा अरु पदाधिकारीको नियुक्तीमा पनि ढिलाइ भएको जिकिर गरे ।

“उपकुलपति नियुक्ती भएको दुई दिनभित्रै सबै पदाधिकारीको नियुक्ती हुन्छ,” उनले भने । पदाधिकारी नियुक्ती नहुँदा वीर अस्पतालमा हड्ताल चलिरहेको उनको भनाइ छ ।

उनले वीर अस्पतालमा आन्दोलनकारीको माग पूरा गर्ने पक्षमा रहेको बताए । उनले भने, “मैले तत्काल नै सिटिस्क्यान र एमआरआई खरीद गर्न निर्देशन दिइसकेको छु, अब केही दिनभित्रै समाधान निस्कने छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>