समाचारमंगलबार, आश्विन ९, २०६९

भारतबाट दुई सय मेगावाट बिजुली ल्याउन प्रशारणलाईन बनाउन निर्देशन

हिमालखबर

उर्जा मन्त्रालयको वार्षिक प्रगति समीक्षामा उर्जामन्त्री समेत रहेका प्रधानमन्त्रीले जसरी पनि थप बिजुली आयात गर्न मिल्ने गरी प्रशारणलाईन बनाउन निर्देशन दिएका हुन् । अहिलेको संरचनाबाट दुई सय मेगावाट बिजुली आयात गर्न नसकिने भएकाले प्रधानमन्त्री भट्टराईले प्रशारणलाईन निर्माणमा जोड दिएका हुन् ।

उर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग लगायतका पदाधिकारीलाई निर्देशन दिँदै उन्ले हिउँदको लोडसेडिङ १० घण्टामा सीमित गर्न भारतबाट थप बिजुली ल्याउनुपर्ने बताए । थप बिजुली आयात गर्न भारत सरकारसँग आफूले आग्रह गरिरहेको प्रधानमन्त्रीले जानकारी दिए । उन्ले भने, “भारतबाट थप बिजुली ल्याउने सरकारको जिम्मेवारी भो, तपाईहरु चाँहि विद्युत् प्रशारणलाईन बनाउहोस् ।”

आउँदो पुष महिना भित्रमा थप प्रशारणलाईन बनाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् । नेपाल विद्युत् प्राधिकरण प्रणाली संचालन विभागका प्रबन्धक भुवन कुमार क्षेत्रीले अहिलेको संरचनामार्फत् १४५ मेगावाट भन्दा बढी बिजुली आयात गर्न नसकिने बताए । छिटो काम गर्दा पनि थप बिजुली आयात गर्ने प्रशारणलाईन बनाउन मुश्किल हुने क्षेत्रीको भनाई छ ।

भारतको कटैया–दुहबीको १५ किलोमिटर प्रशारणलाईन निर्माण गर्दा थप ७० मेगावाट बिजुली आयात गर्न सकिने उन्ले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>