थप समाचारशुक्रबार, साउन १६, २०७१
लडाकुको पेस्तोलसहित एक पक्राउ
रोल्पा इरिवाङ घर भई हाल तुल्सीपुर–१० बस्ने केशर डिसी (२५) लाई १६ साउनमा मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने एक थान गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक ओमबहादुर राना मगरले जानकारी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले १६ साउन दिउँसो २:३० बजे घोराही–११ बाट डिसीलाई पक्राउ गरेकोे रानाले बताए ।
प्रहरी आफैं हतियार किन्ने नक्कली ग्राहक बनेर डिसीलाई पक्राउ गरेको हो ।
बरामद गरिएको पेस्तोल सशस्त्र हिंसाका बेला प्रयोग भएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
पक्राउ परेका डिसीले भने आफू मानसिक रोगी रहेको र उपचार खर्च जुटाउन हतियार बेच्न खोजेको बताएका छन् ।
द्वन्द्वकालमा माओवादी लडाकूले आफ्नो घरमा राखेको हतियार अहिले बेच्न खोजेको उनले बताए ।
देविका घर्ती मगर/घोराही
