समाचारशनिबार, साउन १७, २०७१

विहारका इन्जिनियर भन्छनः हामी सतर्क छौं

हिमालखबर

सुनकोशीको थुनिएको पानी एक्कासि सप्तकोशीमा मिसिएमा कोशी व्यारेजसम्म पुग्न कम्तीमा १० घण्टा लाग्ने र उक्त अवधिमा सुरक्षित ढङ्गले पानीको निकास गराइने कोशी योजनाको चिफ इञ्जिनियर राजेशकुमारले दाबी गरेका छन् ।

उनले सुरक्षाको प्रबन्ध मिलाउनुका साथै विभिन्न ठाउँमा प्राविधिक खटाइएको जानकारी दिए । यतिखेर कोशी ब्यारेजका ५६ ढोकामध्ये १८ वटा ढोका खुल्ला रहेको र पानीको बहाव बढदै गएमा सम्पूर्ण ढोका खुल्ला गर्न आदेशसमेत जारी गरिसकिएको राजेशकुमारले बताए ।

कोसी व्यारेजमा यतिखेर एक लाख ३२ हजार क्युसेक पानी रहेको छ । कोशी ब्यारेजको क्षमता ९ लाखसम्म छ ।

यसैबीच, सुनसरीका सुरक्षाकर्मीले कोशीबाट प्रभावित हुन सक्ने हरिपुर, कुशहा गाविसका जनतालाई सुरक्षित स्थानमा सार्ने काम तीव्रगतिले गरिरहेका छन् ।

सप्तरी आसपासका स्थानीयलाई पनि सचेत भएर बस्न आग्रह

सुनकोसी नदीमा पहिरो खसेपछि थुनिएको पानीको बहाव सप्तकोशीमा आउने खतरा देखिएपछि सप्तकोशी नदी छेउछाउमा पर्ने सप्तरीका विभिन्न गाविसका स्थानीयलाई उच्च सतर्क भएर बस्न आग्रह गरिएको छ ।

सुनकोसीको बहाव थुनिएपछि त्यसको पानी सप्तकोसी नदीमा आएर ठूलो धनजनको क्षति हुने खतरा देखिएपछि स्थानीय प्रशासनले सप्तकोसी नदीको छेउछाउका गाविसका स्थानीयवासीलाई सचेत भएर बस्न आग्रह गरेको छ ।

सप्तकोसी नदीमा पानीको बहाव बढेपछि सप्तकोसी नदीको बीच भागमै पर्ने सप्तरीको गोबरगाढासहित रम्पुरा मल्हनियाँ, बसाइन, भारदह, २ नम्बर योगिनियाँ, १ नम्बर योगिनियाँ, हनुमाननगर, इनरुवालगायतका गाविसमा ठूलो क्षति पु¥याउन सक्ने सम्भावना रहेको कोशीपीडित समाज सप्तरीका अध्यक्ष देवनारायण यादवले बताए ।

सुनकोसी नदीको पानीको बहाव सप्तकोशीमा आए कोशी ब्यारेजलाई थाम्न नसक्ने भएकाले सप्तकोसी नदीको चतरा र कोशी ब्यारेजलगायतका स्थानमा नेपाली सेनाको प्राविधिक टोली र इन्जिनियरहरुको टोलीलाई तयारी अवस्थामा राखिएको प्रजिअ बीरेन्द यादवले बताए ।

यता सप्तकोशी ब्यारेजको कन्ट्रोल शाखाका अनुसार अहिले सप्तकोशी नदीमा एक लाख ३२ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ । सप्तकोशी नदी यतिको पानीको बहावले मात्र केही क्षति नपु¥याए पनि त्योभन्दा बढी पानीको बहाव भएमा मात्र खतरा हुन सक्ने सम्भावना रहेको सप्तकोसी नदी कन्ट्रोल शाखाले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>