थप समाचारशनिबार, साउन १७, २०७१

ट्याक्सी भाडा बढ्ने भयो

हिमालखबर

भाडा बढाउनुपर्ने लगायत २६ बुँदे माग राखी आन्दोलनरत ट्याक्सी व्यवसायी र यातायात विभागबीच साउन महिनाभित्रैबाट ट्याक्सीको भाडा बढाउने सहमति भएको छ।

आन्दोलनरत स्वास्तिक स्वारोजगार ऋणी ट्याक्सी व्यवसायी संघले पत्रकार सम्मेलनको आयोजना गरी भाडा बढ्ने सहमति भएको जानकारी गराएको हो ।

यातायात विभागले व्यवसायीको २६ बुँदे मागमध्ये भाडा बढाउने पहिलो माग साउन महिनभित्र गर्ने र बाँकी मागबारे पछि वार्ता गरी समाधान निकाल्नेह सहमति भएको संघका अध्यक्ष प्रकाश बस्नेतले जानकारी दिए।

सरकार भाडा बढाउन सहमत भएको र अन्य मागप्रति सकारात्मक भएपछि आन्दोलन स्थगित गरेको ब्यवसायीले बताएका छन् ।

यो पनि:

ट्याक्सी व्यवसायीको ठग्न पाउनुपर्ने माग

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>