समाचारआइतबार, साउन १८, २०७१
मोदी–कोइराला समानता
७५ वर्षीय सुशील कोइराला र ६४ वर्षीय नरेन्द्र मोदी आ–आफ्नो देशका प्रधानमन्त्री मात्र छैनन्, दुवैका बीचमा थुप्रै समानता पनि छन् । नेपालका प्रधानमन्त्री कोइराला अविवाहित छन् भने भारतीय प्रधानमन्त्री मोदीले यसपालिको लोकसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्दा मात्र आफ्नो पत्नीको नाम खुलाए ।
तर, बाल्यकालमै अभिभावकले बिहे गरिदिएका भए पनि मोदीले कहिल्यै वैवाहिक जीवन अँगालेनन् । दुवैका निम्ति देशको प्रमुख कार्यकारीको मुकाम पहिलो अनुभव हो ।
मोदी तीनपटक गुजरातको मुख्यमन्त्री बनेका थिए भने कोइराला चाहिं दुईपल्ट सांसद् बनेका थिए । मोदी धेरैले सफल उदाहरण मान्ने गुजरात–मोडलका प्रवर्तक हुन् भने कोइराला चाहिं सादगी जीवनशैलीका नेता मानिन्छन् ।

