समाचारआइतबार, साउन १८, २०७१

नेपाल हिमालयभन्दा पनि माथि उठोस: मोदी (भिडियो सहित)

हिमालखबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  ब्यवस्थापिका संसदलाई सम्बोधन गरेका छन् ।  संवोधनका क्रममा मोदीले नेपाल बुद्धभूमि भएको दोहोर्याउँदै पटक पटक हिंसाको विरोध गरे ।

नेपालीमा सम्बोधन शुरु गरेका मोदीले नेपालीहरुको बहादुरीको प्रशंसा गर्दै भने, “भारतले लडेको कुनै पनि त्यस्तो युद्ध छैन जहाँ नेपालीको रगत नबगेको होस ।”

छिमेकी बलियो भए आफू पनि बलियो भइन्छ भन्दै उनले नेपाललाई राजमार्ग, सूचना प्रवधि र विद्युत प्रशारण लाइनका क्षेत्रमा सहयोग गर्न भारत तयार रहेको बताए ।

उनले नेपाली जडिबुटीको निर्यात, अर्ग्यानिक खेति, स्पेश टेक्नोलोजी जस्ता क्षेत्रमा पनि भारत सहकार्य गर्न इच्छुक रहेको बताए ।

हतियार र हिंसाको राजनीतिलाई विरोध गर्दै उनले हतियारको बाटोमा हिंडेकालाइ बुद्धको बाटोमा हि‌डाएर नेपालले विश्वमै उदाहरण कायम गरेको बताए ।

मोदीको सम्बोधनको भिडियो

संसदमा मोदी लाइभ

अरु सभासदहरुसँग पनि हात मिलाउँदै ।

अघिल्लो लहरमा बसेका सभासदहरुसँग हात मिलाए मोदीले ।

संसदद्वारा मोदीलाई धन्यवाद प्रस्ताव पारित

मोदीको सम्बोधन सकियो ।

हिंसाको मोदीद्वारा विरोध ।

सश्स्त्रको बाटोमा हिंडेका मानिसलाइ शास्त्रको बाटोमा हिंडाएर नेपालले विश्वलाइ उदाहरण दिनु पर्छ: मोदी

नेपाललाइ रु १० हजार करोड सहयोगको घोषणा

कृषिको आधुनिकिकरणका लागि आगामी दिनमा सहयोग गर्न भारत तयार: मोदी

“नेपालमा अर्ग्यानिक खेति शुरु गर्नुस । भारत सहयोग गर्न तयार छ ।”

स्पेश टेक्नोलोजीमा सहयोग आदानप्रदान गरौं: मोदी

पञ्चेश्वर आयोजना एक वर्षभित्रै शुरु गरिने ।

“तपाइहरु र हाम्राबीच धेरै लामो दूरी छैन तर पनि आउँदा आउँदै १७ वर्ष लाग्यो । यो मलाइ खलेको छ । अब यस्तो हुनेछैन । सार्क सम्मेलनमा आउँदा म जनकपुर र लुम्बिनी पनि जानेछु ।”

सीमा अवरोध नभएर पुल बन्नु पर्छ: मोदी

“विज्ञान र प्रविधिका क्षेत्रमा मिलेर काम गर्न जरुरी । भारतबाट अमेरिका फोन गर्नु नेपालमा गर्नु भन्दा सस्तो । यस्तो अवस‍्था अब परिवर्तन हुनु पर्छ । सेवा प्रदायकसँग कुरा गरौं र सञ्चारलाई सहज बनाऔं । सम्बन्ध बढाऔं ।”

राजमार्ग, सूचना प्रविधि, प्रशारण लाइनमा नेपाललाइ सबै आवश्यक सहयोग गर्न भारत तयार छ: मोदी

एक छिमेकाका हैसियतले भारत सम्पूर्ण सहयोग गर्न तयार ।

हिमालको गर्भमा भएका जडिबुटीबाट हर्बल मेडिसिन बनाए नेपाल विश्वकै ठूलो औषधि निर्यातकर्ता हुन सक्छ त्यसका लागि भारत हरसम्भव सहयोग गर्न तयार छ ।

पूरै विश्वका एडभेन्चर प्रेमी युवालाइ नेपालमा ल्याउन सकिन्छ ।

पर्यटनबाट नेपालको विकास हुन सक्ने । धार्मिक पर्यटनमा जोड । पर्यटनबाट सबै तप्काका मानिस लाभान्वित हुने ।

पानी र जवानी पहाडलाइ काम लाग्दैन भन्ने पूरानो उखानमा पनि परिवर्तन गरेर नयाँ दिशा दिनु पर्ने ।

पानी र जवानी र पहाडलाई काम लाग्दैन: मोदी (हाँसो)

संघीय गणतन्त्र नेपालको संविधान निर्माणका लागि मोदीको शुभकामना ।

नेपालको जलश्रोतले भारतको अंध्यारो हटाउने । जलश्रोत सित्तैमा हैन किन्ने हो । नेपालको विकासलाई भारतले सधै ध्यानमा राख्छ ।

नेपालको विकास नभए भारतमा विकास नहुने । हमेशा नेपालको विकासका लागि भारतको सहयोग रहने ।

संविधान जनसामान्यका अाशा र आकांक्षाको पूर्तिका लागि । संविधानले जोड्छ, तोड्दैन । संविधानले पहाड र तराइलाइ जोड्नेछ भन्ने मोदीको विश्वास ।

शस्त्रलाइ छोडेर शास्त्रमा विश्वास गर्नु बुद्ध भूमिको विशेषता ।

नेपाल सार्वभौम राष्ट्र हो । मेरो इच्छ छ नेपालबाट सम्पूर्ण विश्व गौरवान्वित हुन सकोस ।

पहाड तराइ हिमाल जहाँ सुकैका नेपालीका लागि आफ्नै फूलको सुवास भएको गुलदस्ता जस्तो लाग्ने संविधान बनोस भन्ने कामना ।

बम बन्दुक र पिस्तोलले लडाइ हुँदैन । संविधान लेखेरै गर्नु पर्छ । हिंसा कहिल्यै पनि समस्याको समाधान हुँदैन ।

बुलेट छोडेर ब्यालेटको बाटो अपनाउने कार्य नेपालमै हुनसक्छ । युद्ध छोडेर बुद्धको बाटोमा लाग्नेहरुलाई म नमन गर्छु ।

तपाइहरुले निर्माण गर्ने संविधान नेपालीका लागि मात्रै नभइ विश्वभरका लागि स्वर्णिम लेख हुने । हात जोडदै मोदीले भने ।

“संविधान निर्माणका लागि दुरदर्शी दृष्टि हुनु जरुरी । सभासदहरुको कार्य निकै महत्वपूर्ण । ऋषिहरुको भन्दा पनि महत्वपूर्ण ।”

लोकतन्त्रमा विश्वास गर्ने विश्वले तपाइहरुप्रति आशाले हेरिरहेको छ: मोदी

संविधानले राष्ट्रलाइ नयाँ संहिता र अवसर दिने जसरी वेदबाट नयाँ संहिताको जन्म भएको थियो ।

भारतले लडेको कुनै पनि त्यस्तो युद्ध छैन जसमा नेपालीको रगत नबगेको होस

‘भारतको काशीमा नेपाली पूजारी र नेपालको पशुपतिनाथमा भारतीय पूजारी हुनु विशेष सम्बन्ध’

नेपाल त्यस्तो भूमि हो जस्ले विश्वलाइ नै अचम्भित पार्ने भगवान बुद्धलाई जन्म दियो : मोदी
माेदीले नेपाली भाषामा सम्बोधन शुरु गरे

“म मुलत: गुजरातको हुँ । आज पशुपतिनाथको चरणमा आएर उभिएको छु ”

नेपाल र भारतको सम्बन्ध हिमालय र गंगा जत्तिकै पुरानो भएको मोदीको भनाइ ।

केही बेर नेपालीमा सम्बोधन गरेपछि मोदीले हिन्दीमा बोल्न शुरु गरेका छन् ।

आफूसँगै १२५ करोड भारतीय जनताको शुभकामना लिएर आएको मोदीको भनाइ । उनले नेपालीमै बोलिरहेका छन् ।

नेपाली भाषामा सम्बोधन शुरु गरेका नरेन्द्र मोदीले नेपाल आउन पाएकोमा आफूलाइ सौभाग्यशाली भएको महशुस भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्यवस्थापिका संसद भवनमा ।

भारतीय प्रधानमन्त्री ब्यवस्थापिका संसदलाई संवोधन गर्न संविधानसभा भवन नयाँ बानेश्वर पुगेका छन् ।

उनले सभामुख सुवास चन्द्र नेम्वाङसँग केही बेरा भेट वार्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>