समाचारआइतबार, साउन १८, २०७१

पञ्चेश्वरको कार्यविधि आदानप्रदान

हिमालखबर

प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै देशका उच्च अधिकारीले कार्यविधिमा हस्ताक्षर गरी त्यसको एक एकप्रति आदानप्रदान गरेका छन् ।

ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र नेपालका लागि भारतका राजदूत रञ्जित रेले उक्त कार्यविधिमा हस्ताक्षर गरी एकआपसमा आदानप्रदान गरेपछि पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई अगािड बढाउन मार्गप्रशस्त भएको छ । पाँचवर्षअघि भएको नेपाल–भारत जलस्रोत संयुक्त समितिले उक्त कार्यविधि तयार पारेको थियो ।

पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको बाँधस्थल सन् १९५६ मा भारतीय पक्षले पहिचान गरेको थियो । आयोजना प्रतिवेदनअनुसार यसको कुल उत्पादन छ हजार ४८० मेगावाट हुनेछ । नेपालबाट सन् १९९५ मा विस्तृत आयोजनाको प्रतिवेदन (डिपिआर) बनेको थियो ।

दुई देशबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्मन्धमा विसं २०५२ माघ २९ गते सन्धि भएको थियो । विसं २०६६ मा नेपाल भारबीच जलस्रोत सचिवस्तरको बैठकमा पञ्चेश्वर विकास प्राधिकरण गठन गरी विस्तृत प्रतिवेदन बनाउने तथा अन्य आवश्यक कार्य सम्पनन गर्ने सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>