समाचारसोमबार, साउन १९, २०७१
पशुपति क्षेत्रको विकासका लागि भारु २५ करोड दिने
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले नेपालस्थित भारतीय राजदूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारु २५ करोड पशुपति क्षेत्रको पूर्वाधार विकासका लागि सहयोग गर्नेे जानकारी दिएका छन् ।
साउने सोमबारको अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा विशेष पूजा गरेका छन् । उनले करिब ५० मिनेट पशुपतिमा विशेष पूजा गरे ।
मोदी पशुपति मन्दिरमा पुग्नु अघि देखि नै त्यस क्षेत्रमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको थियो ।

