थप समाचारसोमबार, साउन १९, २०७१
राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति यादवसँग नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ता गरेका हुन् । १९ साउन बिहान पशुपतिको विशेष पूजा गरेपछि मोदी राष्ट्रपति भवन शितल निवासमा पुगेका हुन् ।
भेटमा आपसी हित र दुई देशको सम्बन्ध सुधारका बारेमा कुराकानी भएको छ । राष्ट्रपति यादवले मोदीको सम्मानमा दिवा भोज दिने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्रीले १९ साउनमै महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ । मोदीले होटल हायातमा राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् ।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले आजै नेपाली व्यापारीहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । मोदी १९ साउन साँझ स्वदेश फर्किने छन् ।
