समाचारसोमबार, साउन १९, २०७१

‘मोदी भ्रमणः नेपाल–भारत सम्बन्धमा नयाँ आयाम’

हिमालखबर

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको भारतले जनाएको छ । दुई दिने भ्रमणको अन्तिम दिन १९ साउनमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अक्वरुद्धिनले भ्रमणबाट दुई देशको सम्बन्धमा नयाँ आयाम थपिएको प्रतिक्रिया दिए ।

मोदीले व्यवस्थापिका संसदमा दिएको मन्तव्य, उच्च राजनीतिक तहमा भएको कुराकानी, सहमति एवम् सहयोग आदानप्रदान, राजनीतिक दलहरुलगायत विभिन्न क्षेत्रका व्यक्तित्वसँग भएको भेटका आधारमा यो भ्रमण उपलब्धीपूर्ण रहेको उनको भनाइ छ ।

अक्वरुद्धिनले भने, “खासगरी भारतीय प्रधानमन्त्री मोदीले १८ साउनमा संसदमा गरेको सम्बोधनले नेपालीको मन र मुटु छोएको तथा यसले दुई देशबीच रहेको आशङ्का हटेर विश्वास र सदभाव बढाएको छ । सम्बोधनले आफूहरुको मन छोएको, आफ्नो मनको कुरा बोलिदिएको तथा यी कुरा नेपालीले लामो समयसम्म स्मरण गरिरहने भन्ने प्रतिक्रिया नेपालीहरुबाट पाएको पनि उनले उल्लेख गरे ।

अक्वरुद्धिनले सन् १९५० को नेपाल–भारत सन्धिका सम्बन्धमा प्रधानमन्त्री मोदीले यो सँग सम्बन्धित कुरामा नेपालले केही अप्ठ्यारो अनुभव गरेको भए त्यसबारे उचित प्रस्ताव ल्याए भारत खुल्ला रुपमा कुरा गर्न सदैव तयार छ भनेर रात्रिभोजमा आफ्नो धारणा राखेको पनि प्रष्ट पारे ।

“नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतको कुनै नीति छैन, नेपालका राजनीतिक दल तथा विभिन्न क्षेत्र र वर्गका मानिसहरु आफ्नो स्वार्थ भन्दा देश र जनताको हितमा काम गर्न प्रतिबद्व हुनुहोस् भन्ने कुरा प्रधानमन्त्रीले विभिन्न भेटवार्तामा राख्नुभयो,” प्रवक्ता अक्वरुद्धिनले भने ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>