समाचारसोमबार, साउन १९, २०७१

प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता

हिमालखबर

नेपालको दुई दिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीले १९ साउनमा प्रधानमन्त्री कोइरालालाई भ्रमणको निमन्त्रणा गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बिदाइ गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सम्मेलनमा आफू नेपाल आउने जानकारी गराउँदै प्रधानमन्त्री कोइरालालाई भारत भ्रमणको निम्ता गरेका हुन् ।

दुई देशबीच राजनीतिक तहमा वार्ता र संवादको प्रक्रिया सुरु भएको र १७ वर्षपछि छिमेकी राष्ट्रका कार्यकारी प्रमुखको नेपाल भ्रमणले आपसी सम्बन्ध नयाँ उचाइमा स्थापित भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए । विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कर्मचारी तहमा मात्रै रहेको सम्बन्ध राजनीतिक तहमा विस्तार भएको र आगामी दिनमासम्बन्ध अझ प्रगाढ हुने वातावरण बनेको स्पष्ट पारे ।

दुई देशबीचमा रहेको आपसी अविश्वास भारतीय प्रधानमन्त्री मोदीले १८ साउनमा व्यवस्थापिका–संसदमा गरेको संबोधनले हटेको मन्त्री पाण्डेको भनाइ छ । गौतमबुद्धको जन्मस्थलको विषयमा संसारभर रहेको गलत प्रचारसमेत प्रधानमन्त्री मोदीको सम्बोधनले प्रस्ट भएको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>