समाचारसोमबार, साउन १९, २०७१
बाबुराम भट्टराईलाई स्पष्टिकरण सोधिने
१९ साउनमा बसेको एमाओवादी स्थायी समिति बैठकले लामोसमयदेखि बैठक उपस्थित नभएका बाबुराम भट्टराई र उनी पक्षधर नेताहरु आगामी बैठकमा पनि उपस्थित नभएमा पार्टी स्थायी समितिबाट बाहिर राखेर अगाडि बढ्ने निर्णय भएको एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिएका छन् ।
गजुरेलले बैठकमा अनुपस्थित भइरहने भट्टराई र उनीपक्षधर नेताहरुलाइ स्थायी समितिबाट हटाई अन्य सदस्यलाई पदपूर्ति गरीने बताए ।
त्यस्तैएमाओवादीले पार्टीमा समानान्तर जिल्ला कमिटी गठन गरेको भन्दैभट्टराई पक्षीय पोलिटब्युरो सदस्य गङ्गानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई कारबाही गरेको छ ।
बैठकले कारवाहीस्वरुप श्रेष्ठलाई तीन महिना र यादबलाई एक महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेको बुझिएको छ ।
