समाचारमंगलबार, साउन २०, २०७१
भन्सारका दुई कर्मचारी निलम्बन
भन्सार एजेन्टसँग मिलेमता गरी अनियमितता गरेको आरोपमा विराटनगर भन्सार कार्यालयका अधिकृत शान्तिराम निरौला र नायब सुब्बा रुपककुमार पोखरेललाई निलम्बन गर्न सिफारिस गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनीहरुले भन्सार एजेन्टसँग मिलेमतो गरी विदेशबाट आयात गरिएका मालसामानको मूल्याङ्कन र जाँचपास गर्दा न्यून मूल्याङ्कन गरी अनियमितता र भ्रष्टाचार गरेको देखिन आएकाले कारबाही गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई पदमा नै बहाल गरी राख्ने हो भने आफू विरुद्धका प्रमाण नष्ट गर्ने र अनुसन्धानमा समेत बाधा पुग्ने भन्दै आयोगको ऐन २०४८ को दफा १९ को उपदफा ३ बमोजिम निलम्बन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको अख्तियारले जनाएको छ ।
