समाचारमंगलबार, साउन २०, २०७१

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भ्रष्टाचार भएको अख्तियारको ठहर

हिमालखबर

–तुफान न्यौपाने, नेपालगञ्ज

प्रारम्भिक अनुसन्धानबाट अनियमितता भएको ठहर गर्दै अख्तियारले पाँच डीन सहित १४ जना कर्मचारीलाई निलम्बन गर्न उपकुलपतिलाई निर्देशन दिएको हो । अख्तियारले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण, खरीद प्रक्रिया, शिक्षक तथा कर्मचारी नियुक्ति र विश्वविद्यालयको कोष संचालनसमेतका आर्थिक कारोवारमा अनियमितता र भ्रष्टाचार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारको ठहर छ ।

अख्तियारले मानविकी तथा सामाजिक संकायका डीन पिताम्बर ढकाल, व्यवस्थापन संकायका डीन डा. मस्तबहादुर गरम्जा, विज्ञान तथा प्रविधि संकायका डीन डा. केशरसिंह राना, इन्जिनियरिङ संकायका डीन प्रा. रामचन्द्र अर्याल र शिक्षा विज्ञान संकायका डीन लालमणि आचार्यलाई निलम्वन गर्न भनेको छ । उनीहरुलाई अख्तियारको कार्यालयमा उपस्थित गराउन भन्दै २० साउनमा विश्वविद्यालयका उपकुलपतिलाई पत्राचार गरेको छ ।

अख्तियारले लेखा नियन्त्रक कमल केसी, सहायक प्रशासक गगनसिंह बोहरा, उपप्रध्यापक गणेशबहादुर रावत, अनुगमन अधिकृत पारसराम गिरी, वरिष्ठ सहायक गणेशबाहदुर केसी, उपकुलपतिका निजी सहायक उपप्रध्यापक सुधन गौली, वरिष्ठ सहायक जीवनकुमार थापा, इन्जिनियर महेश शर्मा र वरिष्ठ सहायक सत्या थापालाई पनि निलम्बन गर्न भनेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेकाले पदमा बहाल रहँदा अनुसन्धानमा बाधा पुग्ने अख्तियारको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>