समाचारबुधबार, साउन २१, २०७१

पर्वत कारागारमा झडप, सात घाइते

हिमालखबर

पर्वत जिल्ला कारागारमा २० साउन साँझ साढे ८ बजे झडप कैदीहरुबीच झडप हुँदा चौकीदार ज्ञानु पाइजा, प्रेम तामाङ, लिला खर्बुजा, आनन्द केसी, रत्न न्यौपाने, अमृत न्यौपाने र विक्रम सुवेदी घाइते भएका छन् ।

घाइतेमध्ये आनन्द केसीको अवस्था गम्भीर छ । घाइते कैदीहरूको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट पुगेको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो भने घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याएको थियो ।

खाना खाएर बसेका कैदीका दुई समूहबीच झडप भएको हो । एक कैदीका अनुसार कैदी नाईके आनन्द केसी र चौकीदार ज्ञानबहादुर पाइजाबीचको व्यक्तिगत रिसईवीका कारण ुग्याङ्ग फाइटु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

अहिले स्थिति नियन्त्रणमा लिइएको र घटनाको छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>