समाचारबुधबार, साउन २१, २०७१
कोइराला र खनालका स्वकीय सचिव निष्कासित
प्रधानमन्त्री सुशील कोइराला नेपाली कांग्रेस पार्टी सभापति भएदेखि नै निजी सहयोगीका रुपमा काम गर्दै आएका लक्ष्मण ढकाललाई कोइरालाले अवकाश दिएका छन् ।
नेविसंघको राजनीति गर्दै स्वकीय सचिव भएका ढकाललाई कोइरालाले बानी सुधार्न पटक पटक चेतावनी दिँदापनि नसुध्रिएपछि अवकाश दिइएकोे प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
पदीय मर्यादा कायम नगरेको, प्रधानमन्त्रीको स्वकीय सचिव भइसकेपछि पनि भेट्न आउनेहरुसँग आफ्नो स्वार्थअनुकुलको ब्यवहार गरेको लगायतका आरोप ढकालमाथि लागेको छ ।
ढकाललाई नहटाउन कांग्रेसकै केही नेताहरुले दबाब दिए पनि उनलाई प्रधानमन्त्री कोइरालाले हटाइछाडेका छन् ।
झलनाथ खनालका पिए पनि निष्कासित
पूर्व प्रधानमन्त्री एवम् एमाले पूर्व अध्यक्ष झलनाथ खनालले पनि स्वकीय सचिव रामबाबु अधिकारीलाई हटाएका छन् ।
खनालले विज्ञप्ति निकालेर अधिकारीलाई अवकाश दिएको सार्वजनिक गरेका छन् । खनालले गृहजिल्ला इलामका कृष्ण भट्टराईलाई नयाँ स्वकीय सचिव नियुक्त गरेको जानकारी दिएका छन्।
अधिकारी पार्टी अध्यक्ष र प्रधानमन्त्री हुँदादेखि नै खनालका पिए थिए।
